सुपरमादी हाइड्रोपावरको आईपीओ खुल्यो, माघ १२ गतेसम्म आवेदन पेश गर्न सकिने

थानकोट ।
सुपरमादी हाइड्रोपावरले आईपीओ निष्कासनमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी २ अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
जसमा २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता शेयरमा कम्पनीले आजबाट आवेदन माग गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताकाका लागि १२ माघसम्ममा आवेदन दिनुपर्नेछ ।