सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । गत शुक्रबार प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ घटेर एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार तेजावी सुन प्रतितोला एक लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी आज एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *