सुनचाँदीको भाउ बढ्यो

थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ७ रुपैयाँले बढेर छापावाला सुन १ लाख ५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ २० रुपैयाँले बढेर र प्रतितोला १३ सय ७५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १३ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।