चन्द्रागिरि साकोसको नायब प्रमुख कार्यकारी अधिकृतमा कवीन्द्र धौबन्जार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा कवीन्द्र धौवन्जार नियुक्त हुनु भएको छ ।

धौबन्जार यसअघि भक्तपुरको सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँसँग सहकारी क्षेत्र, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीहरुमा काम गरेको अनुभव छ ।

बिहीबार चन्द्रागिरि सहकारीका अध्यक्ष योगेन्द्रकुमार कुँवर तथा अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले नायब प्रमुख कार्यकारी अधिकृत धौबन्जारलाई नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको छ ।

सहकारीले गत पाैष ६ गते नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको थियो ।

चन्द्रागिरि साकाेसकाे २१औं वार्षिक साधारण सभा सम्पन्न, १०% शेयर लाभांश पारित


Leave a Reply

Your email address will not be published. Required fields are marked *