शोकमा आज सार्वजनिक बिदा, परीक्षा नरोकिने
थानकोट ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
आज अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले लिने आजका परीक्षा भने नरोकिने भएको छ । सरकारले सार्वजनिक बिदा दिए पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गरिने त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा. पेशल दाहालले जानकारी दिए ।
उनले सरकारले दिने आकस्मिक सार्वजनिक बिदामा विश्वविद्यालयका पूर्वनिर्धारित कार्यक्रमहरूले निरन्तरता नै पाउने गरेको बताए ।
आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।
उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।