४० प्रतिशत आयकर तिर्ने अन्तिम दिन पुस ३० गते शनिबार, राजस्व संकलन गर्ने बैंक शाखा खुला हुने

थानकोट ।
पुस ३० गते शनिबार परेपछि आन्तरिक राजस्व विभागले राजस्व संकलन गर्ने सबै शाखा खुला रहने बताएको छ ।
राजस्व उठाउने बैकको शाखा शनिबार पनि खुल्ने भएको हो ।
पुस महिना आयकर वापतको पहिलो किस्ताको ४० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने कानुनी व्यावस्था छ। अहिले सरकारको राजस्व संकलनमा गिरावट आएको छ।
यो महिना अधिकतम राजस्व उठाउनु पर्ने दबाबमा छ। यो महिना आयकर शीर्षकमा मात्रै ७८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ।
शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खुला गर्ने निर्णय विभागले पुस २५ गते सोमबार गरेको हो।