सुनको मूल्य ताेलाको एक लाख चार हजार नजिक

Thankot Times

थानकोट । 

साताको पहिलो दिन तोलामा एक हजार रूपैयाँले उकालो लागेको सुनको मूल्य सोमबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तोलामा एक लाख २ हजार ८ सय रूपैयाँ कायम भएको तेजाबी सुन आज प्रतितोला एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *