देवदर्शन साकोसको चौधौं वार्षिक साधारणसभा सम्पन्न
थानकोट ।
देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष राम नारायण घिमिरेबाट प्रस्तुत आ.व. २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित भएको छ। त्यस्तै, गत आर्थिक वर्षको वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भएको बताइएको छ।
अध्यक्ष घिमिरेले साधारसभामा प्रस्तुत गरेको वित्तीय विवरण अनुसार संस्थाको शेयर पूँजी ४ करोड २७ लाख ७ हजार रूपैयाँ रहेको छ भने कुल कारोबार १ अर्ब १७ करोड ६५ लाख ७४ हजार पुगेको छ।
संस्थाले गत वर्ष आयकर अघि रु. ९६ लाख २० हजार ८ सय २८ मुनाफा आर्जन गरेको छ। अध्यक्ष घिमिरेले सहकारी सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहि सदस्यहरुको अधिकतम हितमा लागिपरेको बताए ।