सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै एक लाख एक हजार २ सय रुपैयाँ कायम छ ।

पुस महिनाको सुरुवातदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको थियो । पुस १ देखि १७ गतेसम्ममा सुनको मूल्य १८ सय रुपैयाँ वृद्धि भएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *