चन्द्रागिरि साकाेसकाे २१औं वार्षिक साधारण सभा आजबाट

थानकोट ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपाेष्टमा मुख्य कार्यालय रहेकाे चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा आजबाट सुरु भएकाे छ ।
साधारणसभाकाे पहिलो दिन शनिबार साे सहकारीकाे ललितपुरस्थित शुभतारा सेवाकेन्द्र अन्तर्गत सेवा लिइरहेका सदस्यहरु तथा अन्य जिल्लाका सदस्यहरुले ईकाई सभामा सहभागिता जनाउन सक्ने संस्थाले जनाएको छ ।
विभिन्न ४ ईकाईमा विभाजन गरिएकाे साधारणसभाबाट छनाेट भएका प्रतितिधिहरुले पाैष २३ गते हुने निर्णय प्रमाणिकरण सभामा सहभागिता जनाउनुपर्नेछ ।
१६ हजार २ सय ५३ जना शेयर सदस्य भएकाे साे सहकारीले मुख्य कार्यालयका अतिरिक्त चन्द्रागिरि-१ दहचाेक तथा ललितपुरको खुमलटार सेवा केन्द्रबाट अत्याधुनिक वित्तीय सेवा उपलब्ध गराउँदै आएकाे छ ।
३ अरब २ कराेड ३१ लाख ७६ हजार ९ सय १४ रुपैयाँ कुल सम्पत्ति भएकाे संस्थाकाे मंसिर महिनाकाे वित्तीय प्रतिवेदन अनुसार २७.५७ प्रतिशत रकम तरलता रहेको छ ।