थानकोट-चित्लाङ सडक स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट १५ करोड रूपैयाँ विनियोजन

Thankot Times

थानकोट ।

अर्थ मन्त्रालयले थानकोट- चन्द्रागिरि-चित्लाङ सडकको स्तरोन्नतिको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

थाहा नगरका युवा समाजसेवी तथा थानकोट-चित्लाङ सडकको स्तरोन्नतिको लागि केन्द्रमा रहेर प्रयास गरिरहनु भएका बिष्णुहरी ढकालले सामाजिक संजालमा सडक स्तरोन्नतिको लागि निवर्तमान अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयबाट १५ करोड रुपैयाँ विनियोजन गरेकोमा धन्यवाद दिएका छन् ।

सडक स्तरोन्नति भएपछि मकवानपुर उत्तरी भेगका जनताले केही सहज अनुभूति गर्ने तर यो रकम सडक स्तरोन्नतिको लागि पर्याप्त नभएकोले सडकलाई पुर्णरुपमा निर्माण गरि संचालनमा ल्याउन नयाँ सरकारसँग पहल जारी राख्ने थाहा नगरका मेयर बिष्णु बिष्टले बताउनुभयो ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक स्तरोन्नतिको लागि चन्द्रागिरि नगर र थाहा नगरले पहल गर्दै आएका छन् ।

कुल २२.५ किलोमिटर लम्बाइ रहेको यो सडकको काठमाडौंतर्फ ८.३ किलोमिटर र मकवानपुरतर्फ १४.२ किलोमिटर पर्दछ। यो सडक थानकोट चेकपोष्टबाट सुरु भएर पानीघाट-चन्द्रागिरि भन्ज्याङ-चित्लाङ-नारायणहिटी-बिसिङखेल-नौखण्डेसम्म पर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *