युगवाणी साकोसमा पुनः मोहन बलामीको नेतृत्व

थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित युगवाणी बचत तथा ऋण सहकारी संस्था लि. को तेह्रौं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा पुनः मोहन बलामीलाई चयन गरेको छ ।
संस्थाको साधारण सभाले उपाध्यक्षमा पार्वती के.सी., सचिवमा श्रीभगवत महर्जन, कोषाध्यक्षमा करन थापालाई चुनेको छ । त्यस्तै, संचालक समिति सदस्यमा रामराजा सिलवाल, सरस्वती के.सी. र ध्रुब कुमार के.सी. लाई निर्वाचित गरेको छ ।
साधारण सभाले लेखा समिति संयोजकमा कृष्णभगत बस्नेत तथा समितिका सदस्यहरुमा केशव के.सी. र प्रतिमा खडकालाई निर्वाचित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी १ करोड ९५ लाख ७४ हजार रुपैयाँ रहेको छ ।त्यस्तै, संस्थाको दायित्व १ करोड १७ लाख ६८ हजार ४ सय ८ रुपैयाँ ६९ पैसा र बाह्य ऋण सापटी ९० लाख २० हजार १ सय ४८ रुपैयाँ ६९ पैसा रहेको छ ।
चालु आ.व. मा संस्थाको जम्मा करोबार ४१ करोड ४५ लाख ७ हजार ९ सय ६३ रुपैयाँ ४६ पैसा बराबरको भएको जनाइएको छ ।