सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन भने प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा हिजो र आज प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *