चैत्र २५ गतेदेखी चुनावी आचारसंहिता लागू हुने, प्रचार प्रसारका क्रममा बैंकबाट मात्रै खर्च गर्नुपर्ने
थानकोट ।
निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीबारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्ने सम्भावना रहेको बुझिएको छ ।
निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तिव्र पारेका छन् ।
आचारसंहिता जारी भएपछि स्थानीय तहका जनप्रतिनिधिले राजिनामा दिनुपर्ने प्रावधान राखिएको थियो, जसलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । त्यो आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेबारे छलफल हुन बाँकी छ ।
आचारसंहितामा निर्वाचन प्रचारप्रसारमा फजुल खर्च गर्न रोक लगाइएको छ त्यस्तै सामाजिक सञ्जालको प्रयोगमा समेत मापदण्ड निर्धारण गरिएको छ । आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा बैंकबाट मात्रै खर्च गर्नुपर्ने व्यवस्था थपेको छ ।