चन्द्रागिरि नगरपालिकाले महिला वर्ग लक्षित लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गरिरहेका महिलाहरूका लागि लक्षित गर्दै लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाको सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार लोक सेवा तयारी कक्षामा सामेल हुन ईच्छुक महिला वर्गले नगरका सबै १५ वटै वडा कार्यालयमा नाम दर्ता गर्न सक्नेछन् ।
लोकसेवा तयारी कक्षा लिन इच्छुकले नागरिकता प्रमाणपत्रको छायाँप्रति, बसाँईसराई गरी आएको भएमा बसाँईसराई प्रमाणपत्रको छाँयाप्रति तथा दुई थान तस्बिरसहित सम्बन्धित वडामा सम्पर्क राख्न नगरले अनुरोध गरेको छ ।