पहेँलो धातुको मूल्य तोलाको १ लाख १ हजार रूपैयाँ

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।

पछिल्लो समय सुनको मूल्यमा भारी वृद्धि देखिँदै आएको छ । यही महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य यतिबेला १ लाख १५ सय रूपैयाँ पुगिसकेको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो ।

यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *