धादिङ महोत्सवको तयारी पूरा, मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार महोत्सव उद्घाटन गर्ने

थानकोट ।
बिहीबारबाट धादिङबेशीमा सुरू हुने आठौँ धादिङ महोत्सवको तयारी पूरा भएको छ । दिउँसो २ बजे सदरमुकाम धादिङबेशीस्थित पुछारबजारबाट झाँकी सहितले बजार परिक्रमा गरि महोत्सवको उद्घाटन हुनेछ ।
महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नेछन् ।
धादिङ जिल्लाको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव पौष १७ गतेसम्म संचालन हुनेछ ।