फर्केर हेर्दा २०७४ को स्थानीय चुनावः उपमेयरमा लिशा नकर्मीलाई ४० प्रतिशत मत

Thankot Times

थानकोट ।

मुलुक संघीयतामा प्रवेश गरेपछि पाँच वर्षअघि भएको पहिलो स्थानीय तहको चुनावमा चन्द्रागिरि नगरपालिकाको उपमेयर बन्न विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि १० जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा २ जनाले स्वतन्त्र हैसियतमा उपमेयर बन्ने आकांक्षा राखेका थिए । २ जना पुरूष उम्मेदवार रहँदा उक्त चुनावमा ८ जना महिला उम्मेदवारले चन्द्रागिरि नगरको उपमेयर पदमा दाबेदारी प्रस्तुत गरि मतदाता समक्ष भोट मागेका थिए ।

चन्द्रागिरि नगरमा घनश्याम गिरीले १३ हजार ३ सय भोट ल्याउँदा कुन दलले कति पाएका थिए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) तथा राष्ट्रिय जनमोर्चाले पाँच वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमा आ-आफ्ना उम्मेदवारलाई चन्द्रागिरि नगरको पहिलो उपमेयर बनाउका लागि चुनावी मोर्चामा सामेल गराएका थिए ।

नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार घनश्याम गिरी तथा उपमयेरकी उम्मेदवार इन्द्रावति श्रेष्ठले कायम राखेको अग्रता वडा नंं १२ को मत गणना हुँदा भने उपमेयरमा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार लिशा नकर्मीले अग्रता लिइन् । त्यसपछि गनिएका मतमा अग्रता कायम राख्दै चन्द्रागिरि नगरको पहिलो उपप्रमुखमा नेकपा एमालेबाट लिशा नकर्मीले इतिहास बनाउन सफल भइन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार लिशा नकर्मीले खसेको कुल सदर मतको ४०.५३ प्रतिशत अर्थात ११ हजार ८ सय ३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रावति श्रेष्ठले ११ हजार २ सय ३२ मत प्राप्त गरिन् ।

पाँच वर्षअघि चन्द्रागिरि नगरको कुल मतदाता संख्या ३८ हजार ८ सय ३६ थियो । यसपटक  यो संख्या बढेर ४७ हजार २ सय ६४ पुगेको छ ।

निर्वाचन आयोगका अनुसार २०७४ को स्थानीय चुनावमा चन्द्रागिरि नगरका उपमेयर पदका उम्मेदवारले पाएको भोट संख्या यस्तो थियोः


Leave a Reply

Your email address will not be published. Required fields are marked *