न्याथममा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

Thankot Times

थानकोट ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै काठमाडौं महानगरपालिका वडा नं १४, रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा सुरू गरेको छ । सो काउण्टर कलंकी शाखाको मातहतमा रहनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको उपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ ।प

पाैष ५ गतेबाट सो विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको बताइएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका देशैभरी आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *