सुन चाँदीको भाउ स्थिर

थानकोट ।
नेपाली बजारमा आज पहेँलो धातु सुन तथा चाँदीको भाउ स्थिर बसेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन १ लाख ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउपनि स्थिर बसेर प्रतितोला १३ सय ८० रूपैयाँ कायम भएको छ।
कारोबार हुने साताको अन्तिम दिन शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको थियोे।