पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि

Thankot Times

थानकोट ।

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि भएको छ। 

नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *