चन्द्रागिरि नगरमा घनश्याम गिरीले १३ हजार ३ सय भोट ल्याउँदा कुन दलले कति पाएका थिए ?
थानकोट ।
मुलुक संघीयतामा प्रवेश गरेपछि पाँच वर्षअघि भएको पहिलो स्थानीय तहको चुनावमा चन्द्रागिरि नगरपालिकाको मेयर बन्न विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा ८ जनाले स्वतन्त्र हैसियतमा मेयर बन्ने आकांक्षा राखेका थिए । जसमा २ जना उम्मेदवारले आफैंलाई भोट दिएका थिएनन् अर्थात मेयर पदका २ जना उम्मेदवारले शून्य भोट पाएका थिए । १४ जना पुरूष उम्मेदवार रहँदा उक्त चुनावमा ४ जना महिला उम्मेदवारले चन्द्रागिरि नगरको मेयर पदमा दाबेदारी प्रस्तुत गरि मतदाता समक्ष भोट मागेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र नेपाली काँग्रेस पार्टीले पाँच वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमा आ-आफ्ना उम्मेदवारलाई चन्द्रागिरि नगरको मेयर बनाउका लागि चुनावी मोर्चामा सामेल गराएका थिए ।
पूर्वानुमानुसार शिक्षण पेशाबाट राजीनामा गरेका घनश्याम गिरीले मतगणनामा सुरूवातबाटै अग्रता बनाए तर उनलाई वडा नं २ को मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मेयरका प्रत्यासी श्रीकृष्ण श्रेष्ठले पछि पारेका थिए। वडा नंं ३ को बाकस खोलेपछि भने गिरीले एकल अग्रतालाई कायमै राखेका थिए ।
चन्द्रागिरिमा ४७ हजार मतदाता, अघिल्लो चुनावभन्दा कति थपिए ? (विवरण सहित)
गिरीलाई तत्कालीन एमालेका तर्फबाट मेयरका उम्मेदवार प्रल्हाद बहादुर कार्कीले पछ्याए पनि सबै वडाको ढ्वाङ गनिसक्दा नेपाली काँग्रेसका उम्मेदवार भन्दा २८८८ मतले पछि रहे जहाँ २९ हजार ४ सय ९९ मत सदर भएको थियो । पाँच वर्षअघि चन्द्रागिरि नगरको कुल मतदाता संख्या ३८ हजार ८ सय ३६ थियो । यसपटक यो संख्या बढेर ४७ हजार २ सय ६४ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार २०७४ को स्थानीय चुनावमा चन्द्रागिरि नगरका मेयर पदका उम्मेदवारले पाएको भोट संख्या यस्तो थियोः