नैकाप-दहचोक सडक खण्ड कालोपत्रे हुने

Thankot Times

थानकोट ।

कलंकीबाट नागढुङ्गा पुग्ने छोटो दुरीको वैकल्पिक मार्गका रूपमा रहेको कलंकी-नागढुङ्गा-घ्याम्पेटोल सडकको नैकाप-दहचोक खण्ड कालो पत्रे हुने भएको छ ।

नैकाप फुटबल मैदानदेखी स्थानीय गोल्डेन फ्लावर विद्यालयसम्मको सडक कालोपत्रेका लागि तयारी भइरहेको चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो ।

जीर्ण रहेको यस सडक खण्डमा हरेक वर्षामासमा स्थानीय तथा यात्रुहरूले हैरानी खेप्दै आएका छन् ।

संघीय सरकारको करिब १ करोड रूपैयाँ लागतमा सो सडक खण्ड कालोपत्रे तथा नाली निर्माण गर्ने कार्यका सडक विभागले टेण्डर स्वीकृत गरिसकेको छ ।

पोखरी बनेको नागढुङ्गा-दहचोक-कलंकी सडक

यसैबीच चन्द्रागिरि नगरपालिका वडा नं. १४ को कार्यालयले सो सडकमा कालोपत्रे गर्ने कार्यका लागि सो क्षेत्रमा यातायात आवागमनमा रोक लगाएको जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै वडा कार्यालयले सडक कालोपत्रे नभएसम्मका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *