राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत

थानकोट ।
क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएकाे राजीनामा स्वीकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरकाे राजीनामा बिहीबार स्वीकार गरेको जनाएको छ ।
भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागू हुने गरी राजीनामा दिएका थिए । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।