फिफा विश्वकप: मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

Thankot Times

थानकोट ।

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

कतारको अल बेट रंगशालामा गएराति भएको खेलमा मोरोक्कोलाई २-० गोल अन्तरले पराजित गरेको छ। गत विश्वकपको विजेता फ्रान्स फेरि फाइनलमा प्रवेश गरेको हो।

फ्रान्सले खेलको शुरुवातमा अग्रता लिएको थियो। फ्रान्सका लागि दिओ हेर्मान्टेजले पहिलो हाफको पाँचौं मिनेटमा गोल गरेका थिए। पहिलो गोलसँग फ्रान्सले खेलमा दबाब बनाएको थियो।

पहिलो हाफमा दुवै टोलीले केही राम्रो अवसर पाएका थिए। तर, दुवै टोलीले गोलमा परिणत गर्न सकेन। मोरोक्कोले प्रहार गरेका दुई वटा सुन्दर प्रहार फ्रान्सका गोलकिपर एच लोरिसले विफल पारेका थिए।

दोस्रो हाफमा पनि दुवै टोली आक्रमक खेल प्रदर्शन गरेका थिए। दुवै टोली थुप्रै प्रहार गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको ७९औं मिनेटमा केलियन एम्बापेले दिएको सुन्दर पासलाई रन्डल कोलो मुअनीले गोलमा परिणत गरेका थिए। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको ४४ सेकेन्डमै उनले गोल गरेका थिए।

यो गोलसँगै फ्रान्स खेलमा दबदबा बनाउन सफल भयो। त्यसपछि मोरोक्को खेलमा फर्किन सकेन्।

आजको खेलमा धेरै समय बल मोरोक्कोकै नियन्त्रणमा रहेको थियो। मोरोक्कोले ६२ प्रतिशत नियन्त्रणमा राखेको थियो भने फ्रान्सको नियन्त्रणमा ३८ प्रतिशत मात्रै थियो।

त्यस्तै, फ्रान्सले १४ तथा मोरोक्कोले १३ प्रहार गरेको थियो। जसमा दुवै टोलीका तीनतीन प्रहार टार्गेटमा थिए।

अब फाइनल खेल फ्रान्स र अर्जेन्टिनाबीच डिसेम्बर १८ का दिन राति ८ः४५ बजे हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *