विश्वकप फुटबलः सेमिफाइनलमा फ्रान्स र मोरक्कोको भिड्दै, विजेताले अर्जेन्टिनाको सामना गर्ने

थानकोट ।
कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई टोलीबीचको खेल आज राति १२ः४५ देखि अल बेत स्टेडियममा सुरु हुनेछ ।
फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलोपटक सेमिफाइनल पुगेको मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले पाखा लगाएको थियो ।
उत्कृष्ट लयमा रहेका यी दुई टिमबीचको सेमिफाइनल भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । जारी विश्वकपमा मोरक्को अपराजित छ । उसले प्रतियोगितामा एक गोल मात्र बेहोरेको छ त्यो पनि आत्मघाती ।
हालसम्म मोरक्को र फ्रान्सले ११ खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा फ्रान्सले सात खेलमा जित निकालेको छ । उसले तीन खेलमा बराबरी खेल्दा एक खेलमा भने मोरक्कोसँग हार व्यहोरेको छ ।
यो खेलको विजेताले उपाधीका लागि अर्जेन्टिनाको सामना गर्नेछ भने पराजित टोलीले तेश्रो स्थानका लागि हुने खेलमा क्रोएसियासँग खेल्नेछ ।