विश्वकप फुटबलः सेमिफाइनल खेलअघि शाही मोरक्क विमानले दोहाका लागि ३० उडान थप्ने

Thankot Times

थानकोट । 

मध्यपूर्वी देश कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोयल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ ।

मोरक्को विश्वकप फुटबलको अन्तिम ४ मा पुग्ने पहिलो अफ्रिकी देश बनेको छ, जसका कारण आफ्ना समर्थकलाई दोहा पुर्‍याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख छ ।

मोरक्कोले फाइनल प्रवेशका लागि बिहीबार बिहान पाैन १ बजे साविक विजेता फ्रान्सको सामना गर्दैछ ।

जारी विश्वकपमा अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।

खर्चिलो हवाई यात्राका बाबजुद हजारौंको संख्याका मोरक्कन समर्थकहरु आफ्नो टिमको हौसला बढाउन कतार पुगिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *