विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा, मोरक्कोले रच्यो इतिहास

थानकोट ।
एशियाली क्षेत्रमा जारी दोश्रो विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् ।
सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।
यसैबीच मोरक्कोले विश्वकप फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ । हालसम्म कुनैपनि अफ्रिकी टोली विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गर्न सकेका थिएनन् ।
शनिबार बेलुकी सम्पन्न पोर्चुगलविरूद्धको क्वाटरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । जुन उसका लागि विश्वकपको अन्तिम चारमा स्थान बनाउन पर्याप्त रह्यो ।
त्यस्तै, साबिक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।