विश्वकप फुटबलः क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

Thankot Times

थानकोट ।

मध्यपूर्वी देश कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछन् ।

नेपाली समयअनुसार राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुने प्रतियोगिताको तेश्रो सेमिफाइनलमा पोर्चुगल र मोरक्कोबीच हुनेछ ।

बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूहबाट विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पराजित गरेको थियो ।

मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले स्तब्ध पारेको थियो । मोरक्कोले जारी विश्वकपमा जम्मा एक गोल मात्र बेहोरेको छ ।

पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । तर पोर्चुगललाई पनि आउटसाइडर दाबेदारको रुपमा भने हेरिने गरेको छ ।

त्यस्तै, मध्यराति पाैने १ बजे हुने जारी विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनलमा साबिक विजेता फ्रान्स र इग्ल्याण्डबीच खेल हुनेछ । फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।

पहिलो खेलमा इरानलाई ६-२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा छिमेकी वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बन्यो । अन्तिम १६ मा सेनेगललाई ३-० ले हराएर इंग्ल्याण्ड फ्रान्सको चुनाैती समाप्त गर्दै सेमिफाइनलमा मोरक्को र पोर्चुगलबीचको विजेतासँग भिड्ने मनस्थितिमा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *