नेपाल टी-२० लिगको खेलतालिका सार्वजनिक

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आायोजना गर्न लागेको नेपाल टी-२० लिगको खेलतालिका सार्वजनिक गरेको छ।

नयाँ तालिकाअनुसार पहिलो खेल काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले आवद्ध गरेको काठमाडौं नाइट्सले पहिलो खेल खेल्न लागेको हो।

८ पुसमा सुरु हुने र ३४ खेल हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने भएको छ।

६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *