सुनको मूल्य प्रतितोला एक लाख ३०० पुग्यो

Thankot Times

थानकोट । 

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावल सुन प्रतितोला ९९ हजार ७००, तेजावी सुनको मूल्य ९९ हजार २०० र चाँदीका मूल्य १३ सय ६० रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *