आईसीसी विश्वकप लिग-२: नामिबियाविरूद्ध नेपालको ८६ रनको हार

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप क्रिकेट लिग-टु मा घरेलु टोली नामिबियाले नेपाललाई ८६ रनले पराजित गरेको छ । २७५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ मा समेटियो ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य दिएको थियो ।

नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७५ रन बनाएको बनायो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतक बनाए । उनले १११ बलमा १५ चौका र एक छक्काको मद्दतमा ११९ रन बनाए । यस्तै, कप्तान जेरार्ड इरास्मुसले ५३ र जान निकोल लोफ्टिई इएटनले ४० रन बनाए ।

बलिङतर्फ ललितनारायण राजवंशीले चार विकेट लिए । सोमपाल कामीले दुई विकेट लिए ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए ।

आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन बनाए ।

नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *