ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको अन्तिम ८ मा

Thankot Times

थानकोट ।

ब्राजिल र क्रोएसिया जारी कतार विश्वकप फुटबलको अन्तिम ८ मा प्रवेश गरेका छन् । मंगलबार बिहान दक्षिणकोरिया विरूद्ध ४-१ को एकतर्फी नतिजा निकाल्दै ब्राजिल अन्तिम ८ मा प्रवेश गरेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे ।  यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए ।

अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

त्यस्तै सोमबार राति सम्पन्न खेलमा ट्राइबेकरमा जापानलाई ३-१ ले स्तब्ध बनाउँदै क्रोएसियापनि अन्तिम ८ मा प्रवेश गरेको छ ।

 अल जानुब स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।  जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

विश्वकपको प्रि-क्वाटरफाइनल अन्तर्गत अन्तिम २ खेलमा आज स्पेन र मोरक्कोबीच बेलुकी ९ः४५ तथा पोर्चुगल र स्वीजरल्याण्डबीच राति १२ः४५ बजे खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *