पहेँलो धातुको मूल्य प्रतितोला एक लाख नजिक पुग्यो

थानकोट ।
नेपाली बजारमा पहेँलो धातुको मूल्य तोलाको लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
विवाहको मौसम भएकाले पनि मंसिर लागेसँगै सुनचाँदीको मागमा उच्चता आएको र मूल्य लगातार वृद्धि भइरहेको महासंघको भनाइ छ ।