आईसीसी क्रिकेट विश्वकप लिग टु: स्कटल्यान्डविरूद्ध नेपाल १३७ रनमै अलआउट

Thankot Times

थानकोट ।

अफ्रिकीमुलुक नामिबियामा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्‍यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत दोश्रो खेलमा नेपालले कमजोर ब्याटिङ गरेको छ।

टस हारेर पहिले ब्‍याटिङ गरेको नेपाललाई स्कटल्यान्डले ४०.१ ओभरमा १३७ रनमै अलआउट गर्‍यो। नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्शन झाले सबैभन्दा बढी २९ रन जोडे। उनले २९ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनर अर्जुन साउद १८ रन र आसिफ शेख ७ रनमा आउट भए।

ज्ञानेन्द्र मल्लले २५ रन, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन जोडे। कुशल भुर्तेल ०, दीपेन्द्रसिंह ऐरी ९ रन, करण केसी ८ र ललित राजवंशी ३ रनमा आउट भए। सागर ढकाल ४ रनमा नटआउट रहे।

बलिङमा स्कटल्यान्डका क्रिस सोलले ३ विकेट र मार्क वाटले २ विकेट लिए। सात राष्ट्र सहभागी लिगमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

खेल्‍नुपर्ने ३६ खेल मध्ये नेपालले २१ खेल खेल्दा १८ अंक जोडेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *