पेलेले इन्स्टाग्राममा लेखेका छन् ‘म बलियो छु, सधैंझैं नियमित उपचार गरिरहेको छु´

Thankot Times

थानकोट ।

ब्राजिली महान फुटबल खेलाडी पेलेले आफू ठूलो आशासहित बलियो रहेको शनिबार बताएका छन् ।
उनी साओ पाओलोको अस्पतालमा उपचार गरिरहेका छन् ।

उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको पनि बताएका छन् । त्यस अगाडि अस्पतालले पनि पेलेको स्वास्थ्य स्थिति स्थिर रहेको र अझै उपचार जारी रहेको जनाएको थियो ।
पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’
त्यसको केही घण्टा अगाडि मात्र पेलेको स्वास्थ्य स्थिति नाजुक भएको समाचार आएको थियो ।
पेलेले थपेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *