फुटबलका ‘कालो मोती’ को स्वास्थ्य अवस्था जटिल

थानकोट ।
ब्राजिललाई ३ पटक विश्वकप जिताउन उल्लेखनीय भूमिका खेलेका लिजेन्ड फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । क्यान्सरको केमोथेरापीमा सुधार नभएपछि पेलेलाई अस्पतालमा प्यालिएटिभ केयरमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ब्राजिलियन आउटलेट फोल्हाले फुटबल लिजेन्ड पेलेलाई प्यालिएटिभ केयरमा सारिएको र किमोथेरापीले काम नगरको जनाएको छ ।
साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले एक बुलेटिनमार्फत पेलेको अवस्था स्थिर रहेको भन्दै उपचार प्रक्रिया जारी रहेको जनाएको छ ।
८२ वर्षीय पेले आन्द्राको क्यान्सरबाट पीडित छन् ।
उनले १९५८, १९६२ र १९७० पेलेले ब्राजिललाई विश्वकप जिताएका थिए ।