कर्मचारीको परीक्षा सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले माग्यो विषय विज्ञको विवरण
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले विषय विज्ञहरूको माग गरेको छ ।
नगरपालिकाबाट शुक्रबार जारी भएको सूचनामा उल्लेख भएअनुसार सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य अधिकृत र सामुदायिक नर्सहरूको परीक्षा सञ्चालनका लागि विषय विज्ञहरूको माग गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाले गत असोज ५ गते नगरको सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालनका लागि एक जना सामुदायिक स्वास्थ्य अधिकृत तथा १५ जना सामुदायिक नर्स माग गरेको थियो ।
इच्छुक विषय विज्ञहरूले मंसिर २२ गतेभित्र विवरण फाराम नगरपलिकामा पेश गरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।