ग्याँस सिलिण्डर पड्कँदा सिन्धुपाल्चोकमा तीन जना बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ जना बालबालिकाको ज्यान गएको छ । आइतबार साँझ बाह्रबिसे नगरपालिका-८ स्थित मानेस्वाँरामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । घटनामा एक जना घाइते भएका छन् ।