विश्वकपमा आज ४ खेल हुँदै

Thankot Times

थानकोट । 

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई-दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *