फिफा विश्वकपः :स्पेनसँग बराबरी खेलेसँगै जर्मनी संकटमा

थानकोट ।
विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १-१ गोलको बराबरी खेलेको हो ।
अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो ।
स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा निल्कास फुल्करुगले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।
सो खेलमा बराबरी खेलेसँगै समूह ई को स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ । यता जर्मनीले दुई खेलबाट १ अंक जोडेर अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राखेको छ ।
यसअघि आइतबार सम्पन्न समुह एफको खेलहरूमा क्यानडा विरूद्ध ४-१ को जित निकाल्दै क्रोएसियाले नकआउट चरणमा स्थान पक्का गरेको छ । त्यस्तै, बेल्जिमयविरूद्ध २-० को सानदार निकाल्दै मोरक्कोले पनि अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ ।
आइतबार नै सम्पन्न समुह ई को खेलमा जापान कोस्टारिकासँग १-०ले स्तब्ध बन्यो । यस समुहबाट अघिल्लो चरण पुग्न सबै चार वटै टोलीको सम्भावना जिवितै छ ।