प्रथम त्रिपुरासुन्दरी गोल्डकपः गणेशस्थान युवा क्लबलाई उपाधी

थानकोट ।
धादिङ जिल्लाको प्रसिद्ध त्रिपुरासुन्दरीमाई मेलाको अवसरमा आयोजित प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधि आयोजक गणेशस्थान युवा क्लबले जितेको छ ।
त्रिपुरासुन्दरी गाँउपालिका वडा नं-६ हाँसेपसलमा खेलमैदानमा मंसिर ७ गतेदेखि सुरु भएको प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधी सुनपोखरी युनाईटेडलाई पराजित गर्दै गणेशस्थान युवा क्लबले जितेको हो ।
प्रथम गोल्ड कपसँगै गणेशस्थान युवा क्लबले नगद १ लाख ३३ हजार ३३३ प्राप्त गर्यो भने उपविजेता सुनपोखरीले नगद ६० हजार ६६६ रुपैयाँमा चित्त बुझायो ।