‘नेता होइन सहजकर्ताका रूपमा दोश्रो कार्यकालमा भूमिका निर्वाह गर्नेछु’ रमा आलेमगर

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीका नेतृ रमा आलेमगर बागमती प्रदेश सभा सदस्यमा दोश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरलाई ६२६ मतान्तरले पछि पार्दै आलेमगर दोश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । २०७४ को निर्वाचनमा उहाँ बामगठबन्धनको सहयोगमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो भने यसपटक सत्ता गठबन्धनको सहयोगमा उहाँ निर्वाचित हुनुभएको हो ।

रमा आलेमगरले ५८१० मत पाउँदा रामशरण आलेमगरले ५१८४ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभामा दोश्रो कार्यकालका लागि विजयी भएपछि थानकोट टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै आलेमगरले पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरू पूरा गर्नु दोश्रो कार्यकालको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा रोजगारीको क्षेत्रमा पहिलो कार्यकालमा खासै कार्य गर्न नसकेको स्वीकार गर्दै उहाँले यस क्षेत्रको विषय विज्ञहरूसँग निरन्तर छलफल गर्दै मतदाताको नेताको रूपमा नभई सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *