घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

Thankot Times

थानकोट ।

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ ।

गत शुक्रबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घट्दा प्रतितोला १२ सय ६५ रुपैयाँ पुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *