मलेसिया विरूद्ध नेपालको जित, दिपेन्द्रसिंहले बनाए कीर्तिमानी शतक

थानकोट ।
नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आफ्नो चाैथो खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ ।
दीपेन्द्रसिंह ऐरीको शतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो । जवाफी ब्याटिङ गरेको मलेसिया १९.५ ओभरमा १३८ रनमा अलआउट भयो ।
५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दीपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो । नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे ।
पराजयसँगै मलेसिया सिरिजबाट बाहिरिएको छ, अब पिएनजी र नेपाल उपाधिका लागि भिड्नेछन् । फाइनल खेल सोमबार यहि मैदानमा हुनेछ ।