बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुन प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार  सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *