काठमाडाैं क्षेत्र नं. १० का ९७ मतदान केन्द्रमा ७ सय ७६ जना कर्माचारी परिचालित
थानकोट ।
आसन्न आम निर्वाचनका लागि मतदानस्थलका लागि आवश्यक तयारी जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं. १० का ९७ वटा मतदान केन्द्रहरूमा आवश्यक कर्मचारीहरू सम्बन्धित केन्द्रमा पुगिसकेको निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले जानकारी दिनुभयो । हरेक मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक ८ जना कर्मचारी खटिनेछन् ।
जसअनुसार निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. १० मा मतदान अधिकृत, सहायक अधिकृत र सहायक कर्मचारी गरी ७ सय ७६ जना कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकृत घिमिरेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।