मैत्रीपूर्ण फुटबलः नेपालले पाकिस्तानलाई १-० हरायो

थानकोट ।
पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । बुधवार साँझ दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले पाकिस्तानलाई १-० गाेलले हरायाे ।
नेपालकाे जितमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा गाेल गरे । गाेल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलाे कार्ड देखाएका थिए ।
विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे ।
याेसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।