एन्फाले कतार विश्वकपका २ सय ९० वटा टिकट बिक्री गर्ने

थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा हुने फिफा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने भएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त टिकट बिक्री गर्ने निर्णय गरेको हाे ।
नेपालले पाएको २९० टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोनसर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय पारित भएको एन्फाले विज्ञप्तीमार्फत जनाएको छ ।
कतार विश्वकप आगामी आइतबारदेखि सुरु हुँदैछ ।
मार्चमा हुने फिफा कंग्रेसका लागि एन्फा अध्यक्षलाई जिम्मेवारी प्रदान गरी अध्यक्षले प्रतिनिधि तोक्ने अधिकार प्रत्यायाेजन गरिएको छ ।