ह्वात्तै बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट । 

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो । 
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *